८ बैशाख २०८१, शनिबार | Sat Apr 20 2024

अर्घाखाँचीमा सिद्धार्थद्धारा मर्यादा किट बितरण तथा आवास गृहलाई सहयोग



थानेश्वर अधिकारी, चार नम्बर ।
कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गैरहेको बेला सिद्धार्थ सामाजिक विकास केन्द्रले अर्घाखाँचीको जिल्ला प्रशासन कार्यालयलाई १ सय ५० थान मर्यादा किट हस्तान्तरण गरेको छ ।

अर्घाखाँची जिल्लाको बिभिन्न स्थानिय तहको क्वारेन्टाइनमा रहेका १०० जना महिला र ५० जना किशोरीका लागि सहायक प्रमुख जिल्ला अधिकारी बिनोद खनाललाई मर्यादा किट हस्तान्तरण गरिएको संस्थाका सचिव रोमकान्त घिमिरेले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा रहेका महिलाको स्वास्थ सम्बन्धि जोखिम न्युनिकरण गर्न तथा व्यक्तिगत सरसफाइमा सहज पुर्याउन सो सामाग्री हस्तान्तर गरिएको सचिव घिमिरेले जानकारी दिनुभएको छ । मर्यादा किट भित्र म्याक्सी, चोलो, पछ्यौरा, पेटीकोट, ब्रस, टुटपेष्ट, काइयो, गम्छा, साडी, महिनाबारी स्वच्छताका लागी सेनीटरी प्याड, साबुन, नेलकटर, लाइट लगायतका सामग्री रहेका छन् ।

हस्तान्तरण कार्यक्रम कार्यक्रम समन्वय प्रमुख त्रिलोचन घिमिरेले मर्यादा किटको महत्व र आवश्यकताबारे जानकारी दिनुभएको छ । सोही अवसरमा पाणिनी गाउँपालिका वडा नं ५ का वडाध्यक्ष जिवलाल घिमिरेलाई क्वारेन्टाइनमा रहेका २ जना महिलाका लागी मर्यादा किट बितरण गरिएको छ । कार्यक्रममा युएनएफपिए अर्घाखाँचीका जिल्ला अधिकृत सुजाता सुब्बा, सिद्धार्थ सामाजिक विकास केन्द्रका सदस्य हरि अधिकारी, कार्यक्रम सहायक श्रीधर पोख्रेल लगायतको सहभागिता रहेको थियो ।

युएनएफपिएको साझेदारीमा सिद्धार्थ सामाजिक विकास केन्द्रद्धारा संचालित युवा तथा किशोर किशोरी लक्षित कार्यक्रम अन्र्तगत सो सामग्री हस्तान्तरण गरिएको हो ।

सुरक्षित आबास गृहलाई खाद्यान्न तथा सामाग्री सहयोग

युएनएफपिएको साझेदारीमा संचालित युवा तथा किशोर किशोरी लक्षित कार्यक्रम अन्र्तगत अर्घाखाँचीमा संचालनमा रहेको सुरक्षित आवास गृहलाई खाद्यान्न तथा सामाग्री हस्तान्तरण गरिएको छ ।

सुर्योदय महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडद्धारा संचालित उक्त आवास गृहका लागी खाद्यान्न तथा व्यवस्थापकीय सामग्री हस्तान्तरण गरिएको हो ।

सहकारीकी अध्यक्ष सुशीला भुसालले श्रोत साधनका अभावमा आवास गृह संचालनका गर्न कठिन भएको बताउँदै थप सहयोगका लागि संस्थालाई पहल गर्न अनुरोध गर्नुभएको छ ।

प्रकाशित मिति : १ असार २०७७ सोमबार ००:००  १२ : २० बजे