२१ मंसिर २०८२, आइतबार | Sun Dec 7 2025

कपिलवस्तु उद्योग वाणिज्य संघले बजार बन्द नगर्ने



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु उद्योग वाणिज्य संघले बुधबारदेखि बजार खुल्ला गरेको छ । कोरोना संक्रमणको जोखिम न्यूनिकरणका लागि भन्दै संघले आइतबार देखि दिनको तीन घण्टा बजार खुल्ला राख्ने निर्णय गरेको भएपनि उक्त निर्णयलाई खारेज गर्दै बुधबारदेखि बजार खुल्ला गर्ने जनाएको छ ।

अबदेखि व्यवसायीले सरकारले तोकेका मापदण्ड अनुसार बजार खुल्ला राख्न पाउने संघका अध्यक्ष उमानाथ पौडेलले मायादेवीलाई जानकारी दिनुभयो ।

लामो समयदेखिको लकडाउनका कारण उद्योगी व्यवसायी मारमा परेको भन्दै आफ्नो पूर्ववत निर्णयमा विचार गरी बुधबारदेखि बजार खुल्ला गर्ने निर्णय भएको पौडेलले मायादेवीलाई जानकारी दिनुभयो ।

दुई सय बढी कोरोना संक्रमित भेटिएका जिल्लामा लकडाउन विगतमा जस्तै गर्ने भन्ने सरकारले निर्णय गरेपनि जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले त्यो निर्णय लागु गरेको छैन् । संघले जिल्लामा कोरोनाका संक्रमित बढ्दै जान थालेपछि अहिले नै बजार खुकुलो पार्न हुन्न भन्दै दैनिक तीन घण्टा मात्र खोल्ने गरी निर्णय गरेको थियो । तर, सरकारी पक्ष कोरोना प्रति जिम्मेवारी नभएको कारण संघ पछाडी हटेको जनाइएको छ ।

प्रकाशित मिति : २ असार २०७७ मंगलबार ००:००  १० : ५७ बजे