२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

कपिलवस्तुका ६ सय ८५ जना कोरोना परिक्षण रिपोर्टको पखाईमा



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुमा ६ सय ८५ जना पीसीआर विधिबाट लिइएको कोरोना भाइरस रिपोर्टको पखाईमा रहेका छन् । जिल्लाका १० स्थानीय तह मध्ये ९ स्थानीय तहका क्वारेनटाइनमा रहेकाहरु कोरोना परिक्षण रिपोर्टको पखाईमा रहेका हुन् ।

कृष्णनगर नगरपालिकामा भने एक जना मात्र क्वारेनटाइमा रहेका छन् भने रिपोर्टको पखाईमा कोहि छैनन् । कृष्णनगर कोरोना नियन्त्रणको जोखिम मुक्त हुन थालेको छ ।

यता ९ स्थानीय तह मध्ये शिवराज नगरपालिकामा सबैभन्दा धेरै १ सय ३० जना रिपोर्टको पर्खाइमा छन् । बुद्धभूमि नगरपालिकामा १ सय २४ जना पखाईमा छन् । कपिलवस्तु नगरपालिकामा ८५ जना, यशोधरा गाउँपालिकामा ७६ जना, मायादेवी गाउँपालिकामा ७१ जना, महाराजगञ्जमा ६५ जना कोरोना परिक्षणको रिपोर्टको पखाईमा रहेका छन् ।

यस्तै विजयनगर गाउँपालिकाका ५४ जना, वाणगंगा नगरपालिकाका ४२ जनाको पनि रिपोर्ट आउँन बाँकी रहेको छ । देशका विभिन्न प्रयोगशालामा उनीहरुको नमुना स्वाब परिक्षणका लागि पठाइएको छ ।

जिल्लाका ८ स्थानीय तहका क्वारेनटाइनमा अहिले १ हजार जना रहेका छन् । मायादेवी र शुद्धोधन गाउँपालिकाका क्वारेनटाइनमा एक जना पनि छैनन् । उनीहरुको पीसीआर परिक्षण गर्न बाँकी रहेको छ । क्वारेनटाइनमा बसेको एक हप्तापछि पीसीआर परिक्षण गरिदै आइएको छ ।

मंगलबार जिल्लाका शुद्धोधन गाउँपालिकामा १० जना र बुद्धभूमि नगरपालिकामा १६ जनाको पीसीआर विधिबाट कोरोनाको नमुना स्वाब संकलन भएको स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।

प्रकाशित मिति : ३ असार २०७७ बुधबार ००:००  ६ : २९ बजे