२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

कपिलवस्तुका सिडिओ भन्छन्ः गृहको नयाँ पत्र आएन, निषेधितबाहेकका ब्यापार खोल्नू



मायादेवी अनलाइन, चार नम्बर ।

कोरोनाको उच्च जोखिममा रहेको कपिलवस्तुमा लक डाउनको मोडलमा कुनै फेर बदल नभएको जिल्ला प्रशासनले जनाएको छ । मंगलबार मात्र कपिलवस्तु जिल्लासंगै अन्य कोरोनाका ‘हटस्पट’ बनेका जिल्लामा लक डाउन थप कडा बनाउने समाचार बिभिन्न मिडियामा आए पनि आफूकहाँ त्यस्तो पत्र नआएका कारण जेठ ३२ गते गरेको निर्णय अनुसार लक डाउन जारी रहेको प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

सामुदायिक रेडियो मायादेवी १०६ थोप्लो १ मेगाहर्जसंग बुधबार साँझ कुरा गर्दै सिडिओ पौडेलले सरकारले निषेध गरेका बाहेकका सबै पसल, ब्यावसाय, संचालन हुन पाउने बताउनु भयो । जिल्लामा कोरोना संक्रमित बढिरहेको अवस्था रहेको हुँदा माथिबाट अर्को आदेश आउनासाथ अत्यावश्यक बाहेक का सबै ब्यापार, ब्यवसाय र पसल ठप्प हुने बताउनु भयो ।

अहिलेको लागि पसल ब्यवसाय संचालन गर्न कुनै समय निर्धारण नगरिएको पनि उहाँले बताउनु भयो । संक्रमितको संख्या दिनहुँ बढे पनि जिल्लामा कोरोनाको त्रास नरहेको बताउँदै त्रासमा नरहन सबैलाई अनुरोध गर्नुभयो ।

सरकारले जेठ ३२ गते लक डाउनको म्याद सकेपछि लकडाउनको मोडालिटी परिवर्तन गरेकोमा जिल्लामा पनि सोही दिन केन्द्रकै निर्णय लागु भएको थियो ।

प्रकाशित मिति : ३ असार २०७७ बुधबार ००:००  ६ : ४० बजे