२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

कपिलवस्तुमा ७ महिने गर्भवती शंकास्पद अवस्थामा मृत फेला



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तु नगरपालिका वडा नम्बर १२ सौराहकी गर्भवती महिला शकास्पद अवस्थामा मृत फेला परेकी छिन् । ७ महिनाको गर्भवती १८ बर्षीया अनिता बानियाँ घरमा मृत अवस्थामा फेला परेकी हुन् । मृतकका पति बृजेश बनियाँले मंगलवार राति आफ्नो श्रीमतीले झुन्डिएर आत्महत्या गरेको दाबी गरेका छन् ।

तर, छिमेकीका अनुसार कोठाको ढोका खुलेको र पासो समेत काटेर शवलाई खाटमा राखिएको अवस्थामा भेटिएको थियो । मायादेबी गाउँपालिकाको अभिरावका मृतकका माईती पक्षले भने आफ्नो छोरीको हत्या गरिएको आरोप लगाएका छन् ।

यद्यपि अझै लिखित उजुरी भने नपरेको प्रहरीले जनाएको छ । प्रहरी नायब उपरिक्षक सुनिल मल्लले मृतकका पतिले झुन्डिएर आत्महत्या गरको बताए पनि ढोका खुलेको र खाटीमा लगाएको चुन्नीको पासो काटेका अवस्थामा शव भेटिएको बताए ।

श्रीमतीलाई बचाउन आफुले पासो काटेको बृजेशले प्रहरीलाई बताएका छन् । ढोका खुला रहनु र पासो समेत आफै काट्नुले घटना शंकास्पद रहेको प्रहरी श्रोतले जनाएको छ । प्रहरीले मृतकको शवलाई पोस्टमार्टमका लागि कपिलवस्तु अस्पताल लगिएको छ ।

घटनाको अनुसन्धान भइरहको र शवको पोस्टमार्टमको रिपार्ट आए पछि अन्य जानकारी आउने प्रहरी नायब उपरिक्षक मल्लले बताए । मृतकको एक बर्ष अघि बिवाह भएको थियो । श्रीमान श्रीमती बीच झै झगडा हुने गरेको माइती पक्षको आरोप छ ।

प्रकाशित मिति : ३ असार २०७७ बुधबार ००:००  ९ : २५ बजे