५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

हाम्रो डेण्टल भैरहवाले बाँड्यो कपिलवस्तुका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री



मायादेवी अनलाइन, चार नम्बर ।
हाम्रो डेण्टल भैरहवाले कपिलवस्तुका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री बाँडेको छ । कपिलवस्तु कोरोनाको सबैभन्दा उच्च जोखिमयुक्त जिल्ला भएकाले पहिलो पंतीमा रहेर काम गरेका सुरक्षाकर्मीलाई स्वास्थ्य सामाग्री बाँडेको जनाइएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र प्रहरी चौकी चाकरचौडालाई स्वास्थ्य सामाग्रीस्वरुप २ सय ५० थान ब्रस, ३ सय ५० थान मञ्जन, ५० थान मास्क, २ सय मास्क, करिब ४ हजार पर्ने सेनेटाइजर स्टेण्ड, ३० थान प्याड र ३० वटा साबुन वितरण गरिएको हाम्रो डेण्टलका डाक्टर आशुतोष शुक्लाले मायादेवी अनलाइनलाई जानकारी दिनुभयो ।

यस्तै विहिबार नै कपिलवस्तु बाल गृहमा पनि ५० थान ब्रस, ५० थान मञ्जन, १ सय थान साबुन वितरण गरिएको शुक्लाले बताउनु भयो । स्वास्थ्य सामाग्री वितरण गरेसंगै सुरक्षाकर्मीलाई दाँत सफा गर्नेबारे पनि स्वास्थ्य जानकारी दिइएको थियो ।

सामाग्री वितरण गर्दै सामुदायिक रेडियो मायादेवीका अध्यक्ष नन्द किशोर शुक्लाले कोभिड १९ को महामारीको उच्च जोखिम रहेको स्थानलाई छनोट गरी रुपन्देहीबाट आएर सुरक्षाकर्मी र अनाथ बालबालिकालाई स्वास्थ्य सामाग्री वितरण गरेर निकै राम्रो काम गरेको भन्दै हाम्रो डेण्टल क्लिनिकलाई धन्यबाद दिनुभयो । सो क्लिनीकले रुपन्देहीमा पनि यस्तै सामाजिक कार्यहरु गर्दै आइरहेको छ । यस कार्यक्रमको लागि ट्राभल डिनिस्ट्री र एसएचइ फाउण्डेसन काठमाण्डौँले सहयोग गरेको बताइएको छ ।

प्रकाशित मिति : ५ असार २०७७ शुक्रबार ००:००  ८ : ४२ बजे