२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

‘किसानलाई प्रयाप्त मल छैन्, जसोतसो पाए पनि मूल्य बढी लिने प्रपञ्च भयो ’



मायादेवी अनलाइन, चार नम्बर ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको भातृ संगठन अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले कृषिजन्य सामग्रीको सहजताका लागि सम्बन्धित पक्षसंग आग्रह गरेको छ ।

कोरोना कहरका बीच किसान खेतीपातीमा व्यस्त रहेको बेला किसानलाई आवश्यक पर्ने बीउ, मल तथा किटनाशक विषादी, औषधिको अभाव देखिन थालेको प्रति आफ्नो संगठनको गम्भीर ध्यानाकर्षण भएको महासंघले जनाएको छ ।

महासंघका जिल्ला अध्यक्ष गल्फासद्धारा जारी गरिएको विज्ञप्ति मार्फत किसानलाई आवश्यक पर्ने मलको अभाव हुँदा हुँदै अर्को तिर मलको कृत्रिम अभाव सिर्जना गरी किसानलाई बढी मूल्य तिराउने प्रपन्चले किसानहरु विगत जस्तै मारमा परेको उल्लेख गरिएको छ ।

जारी विज्ञप्तिमा किसानमारा यो प्रवृत्तीको अन्त्य गरी समयमा नै किसानलाई आवश्यकता अनुसार मल बीउ, किटनासक विषादी, औषधि उपलब्ध गराई उत्पादीत कृषि उपजलाई व्यवस्थित ढंगले विक्रिवितरणको व्यवस्था गरिदिन सम्बन्धित निकाय समक्ष आग्रह गर्दछौं भनिएको छ ।

उल्लेखित समस्या समाधान हुन नसके किसानहरुको हकहितका लागि संगठनले जस्तोसुकै संघर्ष गर्न पनि महासंघ तयार रहेको विज्ञप्ति मार्फत भनिएको छ ।

प्रकाशित मिति : ६ असार २०७७ शनिबार ००:००  ८ : १८ बजे