दाङ ।
अविरल वर्षाका कारण दाङ देउखुरी उपत्यका जलमग्न बनेको छ । पूर्व–पश्चिम राजमार्ग आस पासका केही वस्ति तथा राप्ती नदी किनारका वस्तीहरु जलमग्न भएको छ ।
देउखुरी स्थितराप्ती नदिमा पानीको वहाव बढेपछि लमही नगरपालिकाका गुर्जेहवा, बलामपुर, भुरिपुर, सेमरहवाको खेती हुने क्षेत्र लगायतका गाउँ जलमग्न बनेका छन् । खोलाहरुमा पानीको सतह बढेपछि स्थानीयहरु त्रसिद बनेका छन् ।
वर्षादको समयमा दाङको देउखुरी क्षेत्र डुबानमा पर्ने गरेको छ, भने राप्ती र बबई नदीले क्षति पुर्याउने गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले नदी तथा खोलाहरुमा पानीको सतह बढेकाले सतर्क रहन सबैमा आग्रह मेत गरेको छ । रासस







प्रतिक्रिया