५ जेष्ठ २०८१, शनिबार | Sat May 18 2024

इलाका प्रहरी कार्यालय कृष्णनगरद्धारा २ लाख बढीको चल्ला बरामद



अजय मिश्र, कृष्णनगर ।
इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैद्य कुखुराका चल्ला बरामद गरेको छ । इप्रका कृष्णनगर तथा प्रहरी चौकी बेदर्मी बाट खटिएको टोलीले भारत बाट अबैध रूपमा नेपाल ल्याउदै गरेको २५ कार्टून चल्ला बरामद गरेको हो ।
विशेष सुराकीको आधारमा कृष्णनगर नगरपालिका वडा नं १२ हरिगवा बाट अन्दाजी ३ हजार ७ सय ५० चल्ला बरामद गरेको इलाका प्रहरी कार्यलय कृष्णनगरले जनाएको छ।
बरामद गरिएको चल्ला पशु क्वारेनटाइनका प्रतिनिधि लालमणि अर्याल, कृष्णनगर नगरपालिका प्रतिनिधि सुदिप प्रताप मौर्य, प्रहरी, पत्रकार लगाएतको उपस्थितिमा नष्ट गरिएको छ।

बरामद चल्ला २ लाख ८१ हजार २५० रुपैयाको रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरले जानकारी दिएको छ । आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक प्रताप पौडेलले जानकारी दिनुभएको छ ।

प्रकाशित मिति : ७ असार २०७७ आइतबार ००:००  १ : २२ बजे