२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

विश्वमा एकै दिन एक लाख ८३ हजार कोरोना सङ्क्रमित थपिए



काठमाण्डौ ।

विश्वमा कोरोना सङ्क्रमितको संख्या ९० लाख ४५ हजार नाघेको छ । वर्लडओमिटरका अनुसार सङ्क्रमितको संख्या ९० लाख, ४५ हजार ६ सय ४ छ । पछिल्लो २४ घण्टामा एक लाख ८३ हजार सङ्क्रमित थपिएका छन् । सङ्क्रमितमध्ये सबैभन्दा धेरै अमेरिकामा २३ लाख ५६ हजार ६ सयमा सङ्क्रमण पुष्टि भएको छ ।

त्यहाँ ४ लाख ७० हजार ६ सयको ज्यान गएको छ ।सङ्क्रमित धेरै हुने देशको दोस्रो स्थानमा रहेको ब्राजिलमा ५० हजारभन्दा बढी व्यक्तिको ज्यान गएको छ । ब्राजिलमा सङ्क्रमित व्यक्तिको संख्या झण्डै १० लाख ८७ हजार पुगेको छ । सङ्क्रमित र ज्यान गुमाउने व्यक्तिहरूको संख्या बढे पनि ब्राजिलमा राष्ट्रपति जाइर बोल्सोनारूको दबावका कारण ठूला शहरहरू खुल्न थालिसकेका छन् ।

रुसमा ५ लाख ८४ हजार सङ्क्रमित छन् । त्यहाँ ८ हजार १ सयको ज्यान गएको छ । छिमेकी भारतमा झण्डै ४ लाख २७ हजारमा सङ्क्रमण पुष्टि भएको छ । भारतमा १३ हजार ७ सय जनाले ज्यान गुमाएका वर्लडओमिटरले जनाएको छ ।विश्वमा कोरोना सङ्क्रमित ९० लाख ४५ हजार मध्ये ४८ लाख ३८ हजार बढी निको भएका छन् ।

प्रकाशित मिति : ८ असार २०७७ सोमबार ००:००  ९ : ०५ बजे