बिष्णु कुमार आले, अर्घाखाँची ।
तीन दिन अघि खोला तर्नेक्रममा खोलाले बगाउँदा वेपत्ता भएका एक बालक अझै भेटिएका छैनन । यसरी बेपत्ता हुनेमा अर्घाखाँची पाणिनी ४ पटौटी निगाली निवासी सन्त बहादुर नेपालीको १३ बर्षीय छोरा पुजन नेपाली रहेको प्रहरीले जनाएको छ ।
घर नजिकै खोलापारी बारीमा आफ्नो माईली आमासंगै गएका पुजन खोला तर्न खोज्दा पटौटीको खहरे जुकेखोलाले बगाएर वेपत्ता भएका हुन् । सुस्त मनस्थिती आचरणकी उनको माईली आमासंगै खोला तरेर पारीबारीमा जान खोज्दा खोलाले बालकलाई बगाएको जिल्ला प्रहरी सूचना अधिकारी प्रकाश खत्रीले बताउनुभयो ।
वेपत्ता पुजनको तीनदिन देखि स्थानिय र प्रहरीले खोजिकार्य जारी राखेपनि अझै फेला पार्न नसकिएको खिदिमका प्रहरी प्रमुख कमल रानाले बतानुभयो । बालकलाई बगाएको खहरे जुकेखोला, दुर्गाखोला, रिडि हुँदै कालीगण्डकीमा मिसिएको छ ।







प्रतिक्रिया