२२ माघ २०८२, बिहिबार | Thu Feb 5 2026

अर्घाखाँचीमा एकै पटक ३० जनाले जिते कोरोना



बिष्णु कुमार आले, अर्घाखाँची ।
आइसोलेसनमा बसेका ३० जनाको दोस्रो पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उनीहरूलाई सोमबार डिस्चार्ज गरिएको छ । सन्धिखर्कको रबिचित्र युवाबर्षा जनता माबि हटारीमा रहेको आइसोलेसनमा बसेका ३० जनालाई डिस्चार्ज गरिएको हो ।

बिभिन्न क्वारेन्टाइनमा बस्दै आएका उनीहरूको पहिलो पीसीआर रिपोर्ट पोजेटिभ आएपछि जेठ २६ गते आइसोलेसनमा ल्याएर राखिएको थियो ।

यसरी डिस्चार्ज हुनेहरूमा सन्धिखर्क १ का एक जना , वडा नम्बर ६ का १३ जना, वडा नम्बर ७ का १५ जना र पाणिनी गाउँपालिकाका १ जना गरी ३० जनालाई डिस्चार्ज गरिएको छ । उनीहरूलाई एक हप्ता होम क्वारेन्टाइनमा बस्न सुझाउँदै डिस्चार्ज गरिएको प्रमुख जिल्ला अधिकारी बिजयराज पौडेलले बताए ।

उनीहरुलाई कोरोनासँग बिजय प्राप्त गरेकोमा बधाई दिदै सुरक्षा निकायका प्रमुखहरू प्रमुख जिल्ला अधिकारी पौडेल, प्रहरी नायब उपरीक्षक माधब बुढाथोकी, शसस्त्र प्रहरी नायब उपरीक्षक माधब रेग्मी जिल्ला अस्पतालका प्रमुख डाक्टर कपिल गौतमले बिधाई गरेका थिए ।

सोमबार दिउँसो आएको रिपोर्टमा १२ जना संक्रमित बढेसंगै जिल्लामा कुल २५१ जना कोरोनाका बिरामी पुगेका छन् ।

प्रकाशित मिति : ९ असार २०७७ मंगलबार ००:००  ८ : ०३ बजे