काठमाडौँ ।
देशभरको मौसम मंगलबार सामान्यतया बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले देशभर नै मनसुनी वायुको प्रभाव रहेकाले मौसम बदली भएको हो ।
हाल देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविदले बताएका छन् ।
दिउँसो देशभर सामान्य बदली रही प्रदेश १, प्रदेश २, बागमती, गण्डकी प्रदेश, प्रदेश ५ र कर्णाली प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको छ ।
यस्तै राति देशभर सामान्य बदली रही सबै प्रदेशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको संभावना रहेको मौसमविदले बताएका छन् । प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश र प्रदेश ५ एक–दुई स्थानमा भारी वर्षाको संभावना रहेको छ ।







प्रतिक्रिया