रेडियो   टिभी

घोराही उपमहानगरको बजेट १ अर्ब ८५ करोड २२ लाख


दाङ ।
दाङको घोराही उपमहानगरपालिकाले १ अर्ब ८५ करोड २२ लाख ९३ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गत वर्ष घोराही उपमहानगरले १ अर्ब ७८ करोड २९ लाख ६६ हजारको बजेट ल्याएको थियो । यस हिसाबले गत वर्षको तुलनामा यस वर्ष घोराहीको बजेट ७ करोेडभन्दा पनि बढेको छ ।

घोराही उपमहानगर उपप्रमुख सीता सिग्देल न्यौपानेले बुधबार नगरसभामा आर्थिक वर्ष २०७७/७८ को बजेट सार्वजनिक गरेकी हुन् ।

घोराही उपमहानगरले चालुतर्फ १ अर्ब ८ करोड ५७ लाख २२ हजार रुपैयाँ (५८.६० प्रतिशत) रकम विनियोजन गरेको छ । यस्तै पुँजीगततर्फ ७६ करोड ६५ लाख ७१ हजार (४१.४०) प्रतिशत रकम विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस