काठमाडौं ।
देशभरका सातै प्रदेशमा आज पूर्ण बदली भई धेरै स्थानमा वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं ५ का केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षा हुने विभागको भनाइ छ ।
आज राति सबै प्रदेशहरुमा पूर्ण बदली रहेर हल्का देखि मध्यम वर्षाको संभावना रहे पनि प्रदेश १ र प्रदेश २ तथा गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा हुने विभागले जनाएको छ ।
भारी वर्षा हुने भनिएका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले उच्च सतर्कता अपनाउन विभागले सचेत गराएको छ ।







प्रतिक्रिया