१९ मंसिर २०८२, शुक्रबार | Sat Dec 6 2025

नारायणीमा एक युवक बेपत्ता



भरतपुर ।
नारायणी नदीमा माछा मार्ने क्रममा एक जना बेपत्ता भएका छन् । भरतपुर महानगरपालिका–३ रामघाटस्थित नारायणी नदीमा माछा मार्ने क्रममा बर्दिया घर भइ हाल भरतपुर महानगरपालिका–४ बस्ने २१ वर्षीय टिङ्कु चौधरी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
नदी किनारमा माछा मार्ने क्रममा उनलाई बढीले बगाएको थियो । बेपत्ताको नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोजी गरिरहेको छ । रासस

प्रकाशित मिति : १२ असार २०७७ शुक्रबार ००:००  १ : ५१ बजे