१९ मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

सलह आयो, अब नियन्त्रण कसरी गर्ने ?



काठमाडौं ।
भारत हुँदै नेपाल प्रवेश गरेका लाखौंको संख्यामा रहेका सलह नियन्त्रण गर्न प्रदेश र स्थानीय सरकारले विभिन्न योजना अघि सारेका छन् । प्रदेश नम्बर पाँचले सलह किरा समातेर ल्याउनेलाई प्रतिकिलो २० रुपैयाँका दरले दिने योजना बनाएको छ । प्रदेश २ सरकारले नियन्त्रणको तयारी गरेको जनाएको छ ।

पहिले पहिले यसलाई तितर बितर बनाउन ठाउँ ठाउँमा आगो बाल्ने, धुवाँ गराउने गरिन्थ्यो भने हावाको बहाव परिवर्तन भएमा सलह अर्को ठाउँमा जान सक्छ । यसको नियन्त्रणका लागि कतिपयले प्राकृतिक तरिका पनि अपनाएको पाइन्छ । हाँस, माकुरा र छेपाराले यसलाई खाने भएकाले ठूलो संख्यामा पनि परिचालन गर्न सकिन्छ ।

तर अहिले किटनाशक औषधिको प्रयोग गरेर यसलाई नियन्त्रण गर्ने गरिन्छ । जैविक–मेटाराइजियम, रासायनिक–मालाथियोन, डाइजिनन् प्रयोग गर्न सकिन्छ ।

प्रकाशित मिति : १४ असार २०७७ आइतबार ००:००  ६ : ०९ बजे