२१ माघ २०८२, बुधबार | Thu Feb 5 2026

बोडगाउँको माउण्ट एभरेष्ट ट्रेड लिंकमा आयो सेन्सर सेनेटाइजर मेसिन



मायादेवी अनलाइन, चार नम्बर ।
कपिलवस्तुको बाणगंगामा पहिलोपटक सेन्सर सेनेटाइजर मेसिन (हातले निकाल्न नपर्ने) भित्रिएको छ । कोरोना महामारीबाट जोगिन सेनेटाइजरको प्रयोग बढिरहेको सन्दर्भमा अझै सहजताका साथ यसको उपयोग बढाउन वडा नम्बर ८ बोडगाउँमा रहेको माउण्ट एभरेष्ट ट्रेड लिंकले यो प्रविधि भित्राएको हो ।

बिभिन्न कार्यालय र संघसंस्थामा गएर सेनेटाइजर प्रयोग गर्दा पनि छुन पर्ने बाध्यता रहेका कारण त्यहाँ पनि कोरोना संक्रमणको जोखिम बढिरहेको हुँदा यस्तो मेसिन धेरै महत्वपूर्ण भएकाले यो प्रविधि बाणगंगामा भित्राएको युवा ब्यवसायी मदन पौडेलले मायादेवी अनलाइनसंग बताउनु भयो ।
यो मेसिनको नाम ‘ब्लू माउण्ट अटोमेटिक टच फ्रि हेण्ड सेनेटाइजर’ रहेको छ । यो मेसिनमा ८ लिटर सेनेटाइजर अट्ने क्ष्मता छ । एक लिटर सेनेटाइजरको मुल्य ५ सयदेखि ७ सयसम्म पर्ने भएकाले सो अनुपातमा सेनेटाइजर खरिद गरी सो मेसिनमा भर्न सकिने पनि पौडेलले बताउनु भयो । यस मेसिनलाई १६ हजार आठसय रुपैयाँमा खरिद गर्न सकिने उहाँले बताउनु भयो । पौडेलले मेसिन र सेनेटाइजर छुट्टाछुट्टै खरिद गर्नु पर्ने बताउनु हुन्छ ।

कपिलवस्तुको उद्योग बाणिज्य संघका अध्यक्ष उमानाथ पौडेल र वडा नम्बर ८ का वडाध्यक्ष गुणनिधि भुसालले शुक्रबार साँझ संयुक्त रुपमा मेसिनको उद्घाटन गर्नु भएको थियो । उद्घाटन गर्दै उहाँहरुले कोरोना महामारीका बेला यो मेसिन अत्यन्तै उपयोगी हुने बताउनु भयो ।

वडाध्यक्ष भुसालले पनि यो मेसिन निकै प्रभावकारी भएको बताउनु भयो । आफूले तुरुन्त वडामा यो मेसिनको प्रयोग गर्ने उहाँले बताउनु भयो । उहाँले आइतबार यस मेसिनलाई जडान गर्ने मायादेवीसंग बताउनु भयो । उहाँले यो नयाँ र सजिलो प्रविधि भएकाले सबैको लागि निकै प्रभावकारी हुने बताउनु भयो ।

कोरोना कहिले सकिन्छ थाहा छैन, पौडेलले भन्नुभयो, ‘भीँडभाड हुने हरेक, संस्था, बैङक, स्कुल, उद्योग सबैमा यो निकै लाभदायक छ । प्रविधि भित्राएकोमा मदन बाबुलाई धन्यबाद र बधाई ।’
संघका अध्यक्ष पौडेलले यस्ता प्रविधिको प्रयोगले बाणगंगा स्मार्ट बन्दै गइरहेको समेत बताउनु भयो ।

कसरी आउँछ सेनेटाइजर ?
यस मेसिनलाई कुनै पनि संस्था या घरको उपयुक्त वालमा राम्ररी अडाएर राख्नु पर्दछ । त्यहाँ विजुली जोडिएको हुन्छ । त्यसमा सेनेटाइजर भरिएकोे हुन्छ । मेसिनको तल २ बटा सेनेटाइजर झर्ने मुख बनाइएको छ ।

त्यसपछि प्रयोगकताले त्यहाँ गएर मुख नजिकै दुवै हात फैलएर थाप्ने वित्त्किै मेसिनले सेन्सर गर्दछ र हरियो वत्ती बलिसकेपछि सेनेटाइजर हातमा झर्छ ।

यस प्रविधिले सेनेटाइजरको प्रयोगमा सहजता, अरु बोतल या डब्बामाजस्तो खेर जाने समस्या समाधान हुन्छ ।

प्रकाशित मिति : १४ असार २०७७ आइतबार ००:००  ९ : १७ बजे