४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

छोरी बलात्कार गरेको आरोपमा बाबु पक्राउ



सल्यान ।
आफ्नै १३ वर्षीया छोरी बलात्कार गरेको आरोपमा शारदा नगरपालिकाका ३९ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई प्रहरीले आइतबार बेलुकी घरनजिकैबाट पक्राउ गरेको हो ।

घरमा कोही नभएको मौका छोपी ती पुरुषले छोरीलाई बलात्कार गरेको प्रहरीले जनाएको छ । गत वैशाखदेखि विभिन्न त्रासमा पारेर बलात्कार गरेको गोप्य सूचनाका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ढकेन्द्र खतिवडाले बताए । पक्राउ परेका व्यक्तिमाथि जबरजस्ती करणी र हाडनातासम्बन्धी मुद्दा दर्ता गरिएको उनले जानकारी गराए ।

ती व्यक्तिलाई अदालतबाट १० दिनको म्याद थपेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र थप अनुसन्धान भइरहेको उनले जानकारी दिए । काठमाडौंमा आफन्तकहाँ बस्दै आएकी बालिका कोरोना महामारीका कारण सरकारले गरेको लकडाउनको समयमा घर आएकी थिइन् ।

प्रकाशित मिति : १५ असार २०७७ सोमबार ००:००  ४ : ३६ बजे