४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

कांग्रेस भन्छ-नयाँ नक्सा प्रधानमन्त्रीको अयोग्यता ढाकछोप गर्ने पछ्यौरी होइन



काठमाडौं ।
प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले भारतद्वारा अतिक्रमित भूमि समेटेर संसद्बाट पारित नक्सा प्रधानमन्त्री केपी शर्मा ओलीको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी नभएको प्रष्ट्याएको छ ।

प्रधानमन्त्री ओलीले आफूलाई राष्ट्रिय–अन्तर्राष्ट्रिय शाक्ति लागेर पदबाट हटाउन लागेको आरोप लगाएको एक दिनपछि कांग्रेसले देशको नयाँ राजनीतिक नक्सा उनले दिएको व्यक्तिगत अटोग्राफ नभएको टिप्पणी गरेको छ ।

“पारित नक्सा न प्रमले दिएको व्यक्तिगत अटोग्राफ हो, न उहाँको शासकीय अयोग्यता ढाक्ने पछ्यौरी,” कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भनेका छन् । उनले अतिक्रमित भूमि फिर्ता गराउने कूटनीतिक पहल नगरेर नयाँ नक्सालाई सत्ता रक्षाको कवच बनाउन खोज्ने ओलीको प्रवृत्ति राजनीतक र कूटनीतिक नभएको पनि बताएका छन् ।

“सिंगो देश एकढिक्का उभिएर संसदबाट सर्वसम्मत पारित नक्साको जग्गा फिर्ता गराउने कुटनीतिक पहलको ‘च्याप्टर क्लोज’ गरेर त्यसलाई सत्ता रक्षाको कवच बनाउन खोज्ने प्रवृत्ति न राजनैतिक छ न कुटनैतिक,” प्रवक्ता शर्माले ट्विटमा उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले आफूलाई पदबाट हटाउन भारतले हटाउन खोज्दैछ भने पछि कांग्रेसले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०लाई प्रतिप्रश्नसमेत गरेको छ ।

“भारतले हटाउन खोज्दैछ, @PMNepal ले नै भनेपछि नेकपाले देशलाई प्रस्ट्याउन जरुरी छ,” प्रवक्ता शर्माले ट्विटरमार्फत नेकपालाई प्रश्न गरेका छन्, “प्रधानमन्त्री बनाउन र हटाउन नेकपासँग संसदमा रहेको बहुमतको संवैधानिक सार्वभौमिकता नेकपासँग छ कि छैन रु, छ भने त्यसको प्रयोग गर्ने या नगर्ने जिम्मेवार विवेक उपर नेकपाको स्वतन्त्र हक के सुरक्षित छैन रु”

सरकार कोरोनासँग जुध्न असफल भएपछि जनताले परिवर्तन खोज्दा सहयोद्धाहरुले पद जोगाइदिएको स्मरण गराउँदै कांग्रेस प्रवक्ता शर्माले पद जोगाउने सहयोद्धाहरुलाई धन्यवाद दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिएका छन् ।

“कोरोनासँग जुध्न असफलतापछि जनताले परिवर्तन खोजेका छन्, सहयोद्धाहरुले जोगाइदिए तिनलाई धन्यवाद दिनोस् । विदा गरे हालसम्मको कामका लागि धन्यवाद लिनोस् । हटाउन लागे भनेर सार्वजनिक रुवाबासी गर्नु शोभनीय भएन १ थैली राम्रोसँग नबाँध्ने छिमेकीलाई दोष लगाउने, पद सुहाउँदो भएन” उनले भनेका छन् ।

प्रकाशित मिति : १५ असार २०७७ सोमबार ००:००  ७ : २२ बजे