४ जेष्ठ २०८१, शुक्रबार | Fri May 17 2024

पीसीआर परीक्षणको दायरा बढाउन कांग्रेसको माग



काठमाण्डौ ।
नेपाली कांग्रेसले क्वरेण्टीनको मापदण्ड सुधार गर्दै पीसीआर परीक्षणको दायरा व्यापक बनाउन सरकारको ध्यानाकर्षण गरेको छ ।
कांग्रेसले गठन गरेको कोरोनापछिको उत्पन्न परिस्थितिको अनुगमन समितिका संयोजक तथा पार्टीका सहमहामन्त्री प्रकाशशरण महतको नेतृत्वमा गएको टोलीले स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई भेटेरै ध्यानाकर्षण गराएका हुन् ।
क्वरेण्टीन मापदण्ड अनुसार नरहेको, पीसीआर परीक्षणले ब्यापकता पाउन नसकेको, कोरोनाबाहेक अन्य स्वास्थ्य समस्या भइका बिरामीहरुले सुविधा पाउन नसकेको, खरिद प्रकृया अपारदर्शी भएको र केन्द्रले पालिकालाई आवश्यक रकम समेत नदिएको विषयमा ध्यानाकर्षण गराइएको उहाँले बताउनुभयो ।
भेटमा मन्त्री ढकालले प्रतिदिन १० हजार पीसीआर परीक्षण गर्नेगरी काम अघि बढाएको बताउनुभएको छ ।

प्रकाशित मिति : १६ असार २०७७ मंगलबार ००:००  १ : ५१ बजे