२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

प्रचण्डले मागे ओलीको राजीनामा, झलनाथ र वामदेवको पनि समर्थन



काठमाण्डौ ।
नेकपाको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई दिल्लीले हटाउन खोजेको अभिव्यक्तिको पुष्टि गर्न माग गरेका छन् ।
केहि दिनअघि प्रधानमन्त्री ओलीले दिल्ली र नेपालका केही शक्तिले आफूलाई हटाउने षड्यन्त्र गरेको बताउनुभएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले भनेको कुरा निकै गम्भीर रहेको भन्दै आजको बैठकमा सदस्यहरुले त्यसको सत्य तथ्य बताउन माग गरेका हुन् ।
बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिल्लीले भनेको कुरा आफूलाई थाहा नभएको तर पार्टी र सरकार ठिक ढङ्गले सञ्चालन नभएकाले आफूले नै प्रधानमन्त्रीको राजीनामा मागेको बताउनुभयो । उहाँले दुई तिहाइको सरकार हुँदा पनि नागरिकले परिवर्तन अनुभुति गर्न नपाएको र पार्टीमा पनि ओली दम्भ देखिएकोले अब राजीनामा नै उत्तम विकल्प भएको बताएको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।
यस्तै नेता झलनाथ खनाल र वामदेव गौतमले पनि प्रधानमन्त्रीले सार्वजनिक रुपमै दिल्लीले आफूलाई हटाउन खोज्यो भन्नु सामान्य कुरा नभएकाले यसको जवाफ दिन माग गर्नुभएको छ ।
‘प्रचण्डजी ले त सिधै प्रधानमन्त्रीको राजीनामा नै माग्नुभयो, झलनाथ र वामदेव कमरडेले दिल्लीको विषयमा प्रधानमन्त्रीले बोलेको कुराको सत्य तथ्य माग गर्नुभएको छ, उहाँहरुले पनि ओलीले ठिक तरिकाले पार्टी र सरकार नचलाएकाले छाड्दिँदा नै ठिक हुने कुरा राख्नुभएको छ’, एक स्थायी कमिटी सदस्यले बताए । उज्यालो अनलाइनबाट

प्रकाशित मिति : १६ असार २०७७ मंगलबार ००:००  ४ : ५० बजे