२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

शुल्क नतिर्न विप्लव निकट विद्यार्थी संगठनको आग्रह



बुटवल ।
नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लुम्बिनी ब्युरोले लकडाउन अवधिको शुल्क नतिर्न विद्यार्थी र अभिभावकलाई आग्रह गरेको छ ।
निजी विद्यालयका संगठन प्याब्सन र एनप्याब्सनले लकडाउन अवधिको पनि शुल्क असुल गर्न खोजेको भन्दै सो संगठनले यो निर्णय तत्काल फिर्ता गर्न माग गरेको छ ।
मंगलबार संगठनको लुम्बिनी ब्युरोका संयोजक वीरेन्द्र विकले एक प्रेस विज्ञप्ति जारी गर्दै लकडाउन अवधिको शुल्क असुल गर्न विद्यालयले दवाब दिए संगठनलाई जानकारी गराउन आग्रह गरेका छन् ।
विद्यालयहरुले पाठ्यक्रम परिवर्तन र विभिन्न वाहनामा चर्को असुल गर्ने तयारी गरेको भन्दै यसविरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
जसअनुसार असार १७ गते ध्यानाकर्षण–पत्र बुझाउने, असार १९ गते अन्तरक्रिया, असार २१ गते शुल्क असुलीको विरुद्ध अभिभावक सहित बिरोध प्रदर्शन, २३ गते शुल्क असुल गर्ने बिद्यालयमा कालो ब्यानर राख्ने, असार २५ गते शुल्क असुल गर्ने बिद्यालयको लेखा र प्रशासनमा तालाबन्दी गर्ने बताएको छ । त्यसपछि शुल्क फिर्ता नगरिएमा थप आन्दोलन गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : १६ असार २०७७ मंगलबार ००:००  ४ : ५५ बजे