५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

रहनु भएन माननीय ज्ञानकुमारी छन्त्याल



काठमाडौं ।

नेपाली कांग्रेसकी सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएको छ ।उहाँको बुधबार बिहान गंगालाल राष्ट्रिय हृदयरोग केन्द्र काठमाडौंमा निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति द्रोण कुँवरले जानकारी दिनुभयो । ६६ वर्षीया छन्त्याल मुट सम्बन्धी समस्याबाट पीडित हुनहुन्थ्यो ।

बाग्लुङको तमानखोला गाउँपालिका वडा नं। ५ खुंखानीमा जन्मिएकी र बाग्लुङको ढोरपाटन नगरपालिका– १ बुर्तिबाङमा बसोबास बसोबास गर्दै आउनु भएकी छन्त्याल हाल प्रतिनिधिसभामा समानुपातिक सांसद हुनहुन्थ्यो । उहाँ २०७० सालको संविधानसभामा पनि सभासद हुनहुन्थ्यो ।

उहाँको बुधबार दिउँसो १ बजे पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिने नेपाली कांग्रेस बागलुङ क्षेत्र नम्बर २ का सभापति कुँवरले जानकारी दिनुभयो ।

प्रकाशित मिति : १७ असार २०७७ बुधबार ००:००  १० : ५५ बजे