५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

नेकपाको स्थायी कमिटी बैठक स्थगित



काठमाडौँ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटि बैठक स्थगित भएको छ । पाँच जना समिति सदस्यहरुले बोलेपछि बैठक स्थगित भएको हो । बुधबारको बैठकमा लिलामणी पोखरेल, मातृका यादव, योगेश भट्टराई, नन्द प्रसाईं र पेशल खतिवडाले धारणा राखेका थिए ।
कांग्रेस सांसद ज्ञानकुमारी छन्तयालको निधन भएकोमा संसदमा शोक प्रस्‍ताव पारित गर्ने कार्यतालिका रहेको र त्यसैमा सहभागी हुन स्थायी कमिटी बैठक स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन् । नेकपाको स्थायी कमिटी बैठक भोलि फेरि बस्ने छ ।

प्रकाशित मिति : १७ असार २०७७ बुधबार ००:००  १ : २९ बजे