५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

कञ्चनपुरमा सर्पको टोकाइबाट बालकको मृत्यु



कञ्चनपुर ।
कञ्चनपुरमा १ जनाको सर्पको टोकाइबाट मृत्यु भएको छ । भीमदत्त नगरपालिका १६ का १४ वर्षीय पर्वत गिरीको सर्पको टोकाइबाट मृत्यु भएको वडाध्यक्ष सुरेन्द्र विष्टले जानकारी दिए ।

बालकलाई गएराति नै सर्पले डसेको थियो । उपचारको लागि महाकाली अस्पताल लगिए पनि त्यहाँ उपचार सम्भव नभएपछि सेती प्रादेशिक अस्पताल धनगढी ल्याउँदै गर्दा बालकको मृत्यु भएकोवडाध्यक्ष विष्टले बताए ।
सर्पले टोकेपछि समयमै उपचार नहुँदा यहाँका नागरिकहरूले अकालमै ज्यान गुमाउनु पर्ने बाध्यता छ ।
सर्पदंशकै कारण १४ असारमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ कालागौडीकी ५ वर्षीया बालिका पुनम बोहराको पनि मृत्यु भएको थियो ।

प्रकाशित मिति : १७ असार २०७७ बुधबार ००:००  २ : १४ बजे