२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

बारामा चट्याङले चार महिलाको ज्यान लियो, ७ जना घाइते



काठमाडौं ।
बारामा चट्याङ लागेर चार महिलाको मृत्यु भएको छ भने ७ जना घाइते भएका छन्। आज विहान चट्याङ लाग्दा चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिए।

उनका अनुसार कलैया उपमहानगरपालिका–१२ कि ३५ वर्षीया आशा देवी र ४५ वर्षीया अलिमा खातुनको मृत्यु भएको छ।

यसै गरी बाराको फेटा गाउँपालिका वडा नं १ का ३० वर्षिया तेन्दु देवी र ४० बर्षीया सुनारपती देवी छन्।

चट्याङ लागेर फेंटा गाउँपालिका–१ कै बच्वा देवी, राजपती देवी, कान्ति देवी, उमा देवी, लिलावती देवी, शोशिता देवी र शीला देवी गम्भीर घाइते भएको र उपचारका लागि उनीहरूलाई वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ। खेत रोपाइँ गर्ने क्रममा महिलाहरुलाई चट्याङ लागेको प्रहरी नायब उपरीक्षक मिश्रले बताए।

प्रकाशित मिति : १८ असार २०७७ बिहिबार ००:००  १० : ०२ बजे