८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026

नेकपा अध्यक्ष प्रचण्ड र स्थायी कमिटी सदस्यबीच छलफल



काठमाण्डौ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टीका स्थायी कमिटीसदस्यहरुसँग छलफल गर्नुभएको छ । बिहीबार बिहान आफ्नै निवास खुमलटारमा अध्यक्ष दाहालले नेताहरुसँग छलफल गर्नुभएको हो । पछिल्लो समय प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग पार्टीका शीर्ष नेताहरु असन्तुष्ट रहेका छन् ।


पार्टीभित्र देखिएको विवाद समाधानको लागि नेताहरु परामर्शमा जुटेका हुन् । मङ्गलबार र बुधबारको स्थायी कमिटी बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीको राजीनामा मागेपछि नेकपाभित्रको विवाद सतहमा आएको हो ।

बुधबार बिहान ओलीले मन्त्रिमण्डलका केही सदस्य र आफ्नो पक्षका नेताहरुसँग छलफल गरेपछि साँझ अध्यक्ष दाहाल र नेपाल पक्षका नेताहरुको समेत छुट्टै बैठक बसेको थियो । दाहालले आफ्नो निवासमा स्थायी कमिटी सदस्यहरुलाई आज बिहान छलफलका लागि बोलाएपछि ओली पक्षका नेताहरुसमेत सहभागी भएका थिए ।

छलफलमा सचिवालय सदस्यसमेत रहनुभएका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली, महासचिव विष्णु पौडेल, सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ, स्थायी कमिटी सदस्यहरु रघुवीर महासेठ, वर्षमान पुन, सुवासचन्द्र नेम्वाङ, सुरेन्द्र पाण्डे, पम्फा भुसालगायतको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १८ असार २०७७ बिहिबार ००:००  १ : ०७ बजे