२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

संसद अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय



काठमाण्डौ ।
मन्त्रिपरिषद् बैठकले संसद्को बजेट अधिवेशन अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले बजेट अधिवेशन अन्त्यको लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकअघि प्रधानमन्त्री केपी ओलीले यस विषयमा राष्ट्रपतिसँग परामर्श गर्नुभएको थियो । मन्त्रिपरिषद्को सिफारिसमा संसद् अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ ।

प्रकाशित मिति : १८ असार २०७७ बिहिबार ००:००  १ : १२ बजे