२२ मंसिर २०८२, सोमबार | Mon Dec 8 2025

म्यानमारको काचिनमा पहिरो, ५० जनाको मृत्यु



काठमाडौं ।

म्यानमारको काचिन राज्यमा बिहीबार बिहान आएको भिषण पहिरोमा परी कम्तीमा ५० जनाको मृत्यु भएको त्यहाँको अग्नि सेवा विभागका अधिकारीहरुद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएको छ ।
हपाकांत टाउनशिपको साटेमु गाउँमा रहेको जेड खानी साइटमा स्थानीय समयानुसार बिहीबार बिहान ८ बजे भिषण पहिरो आएको बताइएको छ ।
खानी साइडमा काम भइरेहको यस अवस्थामा कैयौँ व्यक्ति काममा व्यस्त रहेको अवस्थामा पहिरोले उनीहरुलाई पुरेको आशङ्का गरिएको छ । तर यस विषयमा थप जानकारी आउन भने बाँकी रहेको छ । सन् २०१६ को नोभेम्बर पनि सो साइडमा ठूलो पहिरो आएको र यसमा परी १ सय १६ व्यक्तिको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १८ असार २०७७ बिहिबार ००:००  १ : २२ बजे