२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

नेकपाको स्थायी कमिटी बैठक दुई दिनको लागि स्थगित



काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक दुई दिनको लागि स्थगित भएको छ । बिहीबार बालुवाटारमा दुई पटक बसेको बैठकमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएपछि बैठक शनिबारसम्मको लागि स्थगित गरिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । स्थायी कमिटी बैठकमा आफ्नो राजीनामा माग्ने शङ्कापछि प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित नभएको नेताहरुले बताएका छन् ।

‘उहाँ निकै आलोचित भइसक्नुभएको छ, त्यसैले स्थायी कमिटीको बैठकमा आउन पनि डराउनुभयो, दुई पटककै बैठकमा आउनुभएन’, एक स्थायी कमिटी सदस्यले उज्यालो अनलाइनसँग भने ।

बिहान ११ बजे सुरु भएको बैठकमा उपस्थित नभइ प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितल निवास जानुभएको थियो भने मन्त्रिपरिषद्को बैठक पनि सम्पन्न गर्नुभएको थियो ।

बिहीबार बिहान नै पार्टीका अर्का अध्यक्ष प्रचण्डले चलाएको बैठक केहीबेरको लागि स्थगित भएको थियो, प्रचण्डले पनि राष्ट्रपतिलाई भेटेपछि ३ बजे फेरि सुरु भएको बैठकमा पनि प्रधानमन्त्री ओली उपस्थित हुनुभएन । बैठकमा प्रचण्डले मात्रै धारणा राख्नुभएको थियो ।

प्रकाशित मिति : १८ असार २०७७ बिहिबार ००:००  ६ : ३९ बजे