२४ मंसिर २०८२, बुधबार | Wed Dec 10 2025

निजामती सेवा ऐनमा असहमती जनाउँदै सिडिओलाई दिइयो ज्ञापन पत्र



मायादेवी अनलाइन, चार नम्बर ।
निजामती कर्मचारीको आधिकारिक ट्रेड यूनियन कपिलवस्तुले संघीय निजामती सेवा विधेयक संशोधन माग गर्दै सिडिओलाई ज्ञापन पत्र बुझाएको छ ।

संघीय निजामती सेवा विधेयक संसदीय समितिबाट पारित भइसकेको छ । कर्मचारी ट्रेड यूनियन कपिलवस्तुले संसदीय समितिबाट पारित भइसकेको विधेयक पुर्नविचारको लागि विहीबार सिडिओ समक्ष ज्ञापन पत्र बुझाइएको जिल्ला अध्यक्ष खिम बहादुर जिसीले बताउनुभयो । उहाँका अनुसार ज्ञापन पत्र प्रधानमन्त्री र सभामुख समक्ष पठाउन सिडिओ समक्ष दिइएको हो ।

ट्रेड यूनियनका जिल्ला अध्यक्ष जिसी, उपाध्यक्ष रामप्रसाद अधिकारी, सचिव राजेन्द्र मिश्र, कोषााध्यक्ष केशव भट्टराई, सदस्य नारायण वेलवासे, धनिश्वरा वैजाली, इस्लाम अलिगद्दी र नेनिकसंका अध्यक्ष रामचन्द्र अर्याल सहितको टोली सिडिओ कार्यालय तौलिहवा पुगेर ज्ञापन पत्र बुझाएको हो ।

विधेयक संसदीय समितिबाट पारित भए लगत्तै ट्रेड यूनियन र नेपाल निजामती कर्मचारी संगठनले त्यसप्रति आपत्ति जनाउँदै आएको छ । कर्मचारी यूनियन र संगठनले विधेयक नसच्याए कडा आन्दोलन थाल्ने चेतावनी समेत दिएको छ ।

प्रकाशित मिति : १८ असार २०७७ बिहिबार ००:००  ९ : २७ बजे