मायादेवी अनलाइन, चार नम्बर ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिमा चलिरहेको विबादका बिषयमा कार्यकर्ताहरुले चासो ब्यक्त गर्न थालेका छन् । नेताहरुले पार्टी विबादलाई सतहमा लैजान थालेपछि पार्टीका स्थानीय कमिटीहरुले नेताहरुको खबरदारी गर्न सुरु गरेका छन् ।
नेकपा कपिलवस्तुबाट नेताहरुको अस्वस्थ बहसमा खबरदारी गर्ने क्रम सुरु भएको छ । स्थायी समितिका विबाद सतहमा आएपछि कपिलवस्तुबाट पार्टी केन्द्रिय कमिटीमा प्रतिनिधित्व गर्ने केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज गिरीधारीलाल न्यौपाने, कपिलवस्तु सह ईन्चार्ज तथा राष्ट्रियसभा सदस्य विमला घिमिरे, जिल्ला कमिटी अध्यक्ष झविलाल पोख्रेल, तथा जिल्ला सचिव रामचन्द्र शाहले प्रेस नोट प्रकाशित गर्दै पार्टी भित्र आन्तरिक सहमति नभएको भन्ने सन्देश सार्वजानिक गर्ने कुराले नेता, कार्यकर्ता तथा आम जनतामा नकारात्मक प्रभाव परेको उल्लेख गरेका छन् । उनीहरुले पार्टी एकताको मुल भावना अनुरुप पार्टी एकताको बांकी कार्य टुंङ्गोमा पु¥याउन नेताहरुले आग्रह गरेका छन् । साथै कार्यकर्ताको मर्म र भावनालाई हृदयङ्गम गर्दै पार्टी एकतालाई जोगाई राख्न केन्द्रिय नेताहरुमा अपिल पनि गरिएको छ ।
उनीहरुले प्रकाशित गरेको प्रेस नोटमा समाजबाद स्थापनाको ऐतिहासिक कार्यभार पुरा गर्न पार्टी एकता भएको स्मरण गराउंदै नेताहरुलाई थप जिम्मेवारीका साथ एकताबद्ध हुन, सहमतिय पद्धति अवलम्बन गर्न, पार्टी पङ्ती र आम जनतामा सकारात्मक सन्देश प्रवाह गर्न आग्रह गरेका छन् ।







प्रतिक्रिया