मायादेवी अनलाइन, कपिलवस्तु ।
रोटरी र रोट्र्याक्ट क्लब अफ कपिलवस्तु मिडटाउनको आगामी नेतृत्वमा ब्यवसायी र स्वास्थ्यकर्मी आएका छन् । आरआर्ई २०२०। २१ मा युवा ब्यवसायी नरेश पौडेल र रोट्र्याक्टमा स्वास्थ्यकर्मी बेदुराम पोख्रेल नेतृत्वमा आउनु भएको हो ।
संस्थाको अन्तर्राष्ट्रिय मान्यता अनुसार एक बर्षभन्दा बढी समय कुनै पदाधिकारी एक पदमा बस्न पाउँदैन । सोही अनुसार रोलक्रमले रोटरीमा पौडेल र रोट्र्याक्टमा पोख्रेल चुनिनु भएको क्लवले जनाएको छ ।
नयाँ समिति बन्दा रोटरीको आइ.पि.पि.मा बिरेन्द्र खाँण, इलेक्ट प्रेसिडेन्टमा नन्दकिशोर शुक्ला, प्रेसिडेन्ट नोमिनीमा विष्णु प्रसाद अर्याल, भ्वाइस प्रेसिडेन्ट फस्टमा गिरिराज पौडेल, भ्वाइस प्रेसिडेन्ट सेकेण्डमा मित्रलाल कँडेल, भ्वाइस प्रेसिडेन्ट तर्डमा विष्णुमाया श्रेष्ठ, भ्वाइस प्रेसिडेन्ट चौथोमा कृष्ण प्रसाद भट्टराई रहनु भएको छ ।
त्यस्तै सचिवमा नारायण पाण्डे, कोषाध्यक्षमा बद्री प्रसाद काफ्ले लगायत गरी २५ सदस्यीय २०२०/०२१ का लागि नयाँ कार्यसमिति चयन भएको हो । रोटरी अध्यक्ष पौडेलले असार २६ गते विशेष कार्यक्रमका बीच अध्यक्षको जिम्मेवारी ग्रहण गर्नु हुने क्लबले जनाएको छ ।
यस्तै रोट्र्याक्टतर्फ इलेक्ट प्रेसिडेन्टमा भिमलाल भट्टराई (समीर शायर), नोमिनी प्रेसिडेन्टमा किशोर पौडेल, प्रथम उपाध्यक्षमा अर्जुन बेल्बासे, द्वितीय उपाध्यक्षमा राजु कँुवर, तृतीय उपाध्यक्षमा प्रकाश गौतम, सचिवमा चन्द्रकान्त न्यौपाने, सह सचिवमा शुसान्त पोख्रेल हुनुभएको छ भने कोषाध्यक्षमा निर्मल कुँवर मनोनित हुुनुुभएको क्लवले जनाएको छ । साथै अन्य सदस्य पनि बिभिन्न पदमा चुनिनु भएको छ । उहाँहरु सबैले साउनमा हुने एक कार्यक्रमका बीच पदभार गर्नु हुने क्लवले जनाएको छ ।
रोटरी अध्यक्ष पौडेल लामो समयदेखि बाणगंगाको एक सफल ब्यवसायीका साथै समाजसेवीका रुपमा हुनहुन्छ भने पोख्रेल युवा स्वास्थ्यकर्मीका साथै बिभिन्न संघ संस्थामा आवद्ध हुनहुन्छ । उहाँहरु दुवैले आगामी बर्षलाई उत्पादनमुलक बर्ष बनाउने, सदस्यता बढाउने र केही युवा लक्षित, मानवीय, शैक्षिक र स्वास्थ्यको क्षेत्रमा काम गर्ने मायादेवी अनलाइनसंग बताउनु भयो ।
उहाँहरु दुवैले अध्यक्षमा चयन गर्न सघाउने सबैलाई धन्यबाद पनि दिनुभयो । रोटरी र रोट्र्याक्ट क्लव सामाजिक क्लव भएकाले यिनको समाजमा छुट्टै स्थान रहेकका कारण अरु भन्दा भिन्न र अनुशासित भएर काम गर्न नयाँ संस्थापक अध्यक्ष लक्ष्मण अधिकारीले पदाधिकारीलाई शुभकामना दिनुभयो ।







प्रतिक्रिया