२५ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

कञ्चनपुरमा पानी बोक्ने टयांकरको ठक्करबाट एकको मृत्यु



कञ्चनपुर ।
कञ्चनपुरको पुनर्वास नगरपालिका ९ बीचफाँटाका ३८ वर्षीय लोकेन्द्र सिंह ठकुरीको पानी बोक्ने टयांकरको ठक्करबाट शुक्रबार मृत्यु भएको छ। से६प ६४२६ नम्बरको मोटरसाइकलमा जाँदै गरेका ठकुरीलाई पानी बोक्ने टयांकरले ठक्कर दिँदा घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक वकिलबहादुर सिंहले बताए। बा१क ९७८४ र से१क १७४ का दुई ट्यांकरमध्ये एकले ठक्कर दिएको उनले बताए। दुवै टयाङकरका चालक भने फरार रहेका छन्। मृतकको शव स्थानीय बासिन्दाले सडकबाट उठाउन दिएका छैनन्। आक्रोशित स्थानीय बासिन्दाले दुवै ट्यांकरमा आगजनी गरेका छन्।

प्रकाशित मिति : १९ असार २०७७ शुक्रबार ००:००  १ : ५५ बजे