८ चैत्र २०८२, आइतबार | Mon Mar 23 2026

बम्जनविरुद्ध १४ वर्ष कैद माग्दै अदालतमा मुद्धा दर्ता



काठमाडौँ ।
सर्लाही जिल्ला सरकारी वकिलको कार्यालयले बलात्कारको आरोप लागेका तपस्वी रामबहादुर बम्जनविरुद्ध १४ वर्ष कैद सजायको माग गर्दै अदालतमा मुद्धा दर्ता गरेको छ।
सर्लाही प्रहरीले हद म्यादका कारण आरोप बम्जनलाई पक्राउ नगरि अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयलाई बुझाएको थियो। बम्जनविरुद्ध एक १५ वर्षीय किशोरीले बलात्कारको आरोप लगाएकी थिइन्।
सिन्धुलीमा आश्रम बनाएर बसिरहेका बम्जनलाई प्रहरीले दुईपटक पक्राउ गर्ने प्रयास गरेपनि सफल नभएको जनाएको छ।

प्रकाशित मिति : १९ असार २०७७ शुक्रबार ००:००  ३ : २० बजे