१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

गलत सूचनाले तनाव, सार्वजनिक गाडी चल्नेबारे निर्णय भएको छैन्



काठमाडौं ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । आजदेखि सार्वजनिक गाडी सञ्चालन हुने भन्ने हल्ला चलेकोमा महासङ्घले यस्तो निर्णय नभएको जनाएको हो । नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासङ्घका महासचिव सरोज सिटौलाले बताउनुभयो ।

सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकार, मजदूर र व्यवसायीबीच छलफल भइरहेको उल्लेख छ । महासङ्घले गाडी सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील हुन सरकारलाई अनुरोधसमेत गरेको छ ।

सरकारले गत चैत ११ मा लकडाउन गरेसँगै देशभरका सार्वजनिक गाडी ठप्प छन् ।

प्रकाशित मिति : २१ असार २०७७ आइतबार ००:००  ६ : ४७ बजे