१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

राष्ट्रपतिलाई भेट्न प्रचण्डसहित नेकपा नेता शीतल निवासमा



काठमाडौं ।
नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका शीर्ष नेता शीतल निवास पुगेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीसँग बिहान ११ बजेका लागि भेटवार्ता तय भएको प्रचण्डको सचिवालयले जनाएको छ। भेटका लागि वरिष्ठ नेता झलनाथ खनाल, नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसहितका नेता राष्ट्रपति कार्यालय पुगेका हुन्। राष्ट्रपतिसँग भेटवार्ता भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष प्रचण्डबीच बालुवाटारमा भेटवार्ता हुँदै छ। बिहान ११ः३० बजे प्रधानमन्त्रीसँग भेटवार्ताका लागि समय निर्धारण भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबारको मन्त्रिपरिषद् बैठकमा राष्ट्रपतिलाई महाभियोग लगाउने र आफूलाई दुवै पदबाट हटाउन षडयन्त्र भइरहेको मन्त्रीहरुलाई ब्रिफिङ गरेपछि नेकपामा विवाद झन चुलिएको छ।

प्रकाशित मिति : २१ असार २०७७ आइतबार ००:००  ११ : ४० बजे