१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

ओली दाहालबीचको वार्ता सकियो सहमति जुटेन, भोलि फेरि बस्ने



काठमाडौँ ।
प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीचको छलफल सकिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार दिउँसो भएको छलफलमा कुनै सहमति जुट्न सकेन । आफू निकट नेताहरूसहित छलफलमा बसेका ओली र दाहालले सोमबारका लागि बोलाइएको स्थायी कमिटी बैठक पहिले फेरि दुवैजना बस्ने निर्णय गरेको नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताए । दुवै नेताबीच विवादित विषयमा छलफल भएको तर कुनै निर्णय भने ननिस्किएको उनले बताए ।

दुवै अध्यक्षबीच सबै विकल्प र सम्भावनाबारे छलफल गर्न सहमति भएको बताइएको छ । लफलमा सहभागी अर्का एक नेताका अनुसार दुवैबीच राष्ट्रपतिलाई महाभियोग लगाउन षडयन्त्र भइरहेको भनेर प्रधानमन्त्रीले दिएको अभिव्यक्तिबारे पनि छलफल भएको थियो । राष्ट्रपतिलाई महाभियोग लगाउने भन्नेबारे पनि छलफल भएको थियो । अध्यक्ष दाहालले आफू निकट नेताहरूबीच राष्ट्रपतिबारे त्यस्तो छलफल नभएको बताउनुभयो,ु ती नेताले भने अध्यक्ष दाहालले प्रधानमन्त्रीलाई केही कुरा नचलेको विषयमा र तयारी पनि नरहेको विषयमा कसरी कुरा आयो भनेर सोध्नुभएको थियो ।

पार्टी भित्रको मतभेदमा राष्ट्रपतिलाई मुछ्न नहुनेबारे अध्यक्ष दाहालले प्रधानमन्त्री ओलीलाई सुझाव दिएका थिए ।

त्यस्तै, सडकमा भइरहेका गतिविधिले पार्टी एकता कमजोर बनाउने भन्दै त्यस्ता गतिविधि रोक्ने विषयमा दुवैबीच छलफल भएको सहभागी नेताहरूले बताएका छन् । बालुवाटारमा भएको छलफलमा ईश्वर पोखरेल, विष्णु पौडेल, वर्षमान पुन, शंकर पोख्रेल, जनार्दशन शर्मा सहभागी थिए ।
नेकपाले स्थायी कमिटी बैठक सोमबारका लागि बोलाइएको छ । उक्त बैठकअघि दुवै अध्यक्षबीच निर्णायक छलफल हुने बताइएको छ ।

प्रकाशित मिति : २१ असार २०७७ आइतबार ००:००  ३ : ०० बजे