११ बैशाख २०८१, मंगलबार | Tue Apr 23 2024

विजयनगरमा सडेको अवस्थामा पुरुषको शव फेला



प्रभात न्यौपाने, विजयनगर ।
कपिलवस्तुको विजयनगर गाउपालिका ३ मैनारीमा एक पुरुषको शव फेला परेको छ । अन्दाजी ४०–४५ वर्षीय नाम थर वतन नखुलेको शव सडेगलेको अवस्थामा वडा नम्बर ३ मैनारी स्थित सोनारी नालाको किनारमा फेला परेको इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी निरीक्षक मधु नेपालले जानकारी दिनुभएको छ । शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल तौलिहवा पठाउने तयारी भैरहेको छ । यसबारेमा थप अनुसन्धान भैरहेको नेपालले बताउनु भयो ।

प्रकाशित मिति : २१ असार २०७७ आइतबार ००:००  ५ : ४२ बजे