रेडियो   टिभी

नगरस्तरीय वाद विवाद प्रतियोगितामा प्रज्वल बस्याल प्रथम


मायादेवी अनलाइन, कपिलवस्तु ।
नगर स्तरीय वाद विवाद प्रतियोगितामाा प्रज्वल बस्याल प्रथम भएका छन् । वाणगंगा बाल संजालको आयोजनामा भएको कोरोना कि भोकमरी शिर्षकको उक्त प्रतियोगितामा गंगा पन्थी द्धितिय, विजय पौडेल तृतिय भएका छन् भने सृष्टी घिमिरे सान्त्वना हुन सफल भएकी छन् । नगर स्तरीय उक्त प्रतियोगितामा ११ वटै वडाका गरि ४७ जना सहभागी थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख मंगल प्रसाद थारुले अहिले कोरोना भन्दा पनि भोकमरीको समस्या बढी भएको भन्दै प्रतियोगिताको शिर्षक समसामयिक भएको बताउनुभयो । प्रतियोगिताले बालबालिकाको अन्तरनिहित क्षमता प्रष्फुटन हुने भन्दै उहाले प्रतियोगिता आयोजना गरेकोमा संजाललाई धन्यवाद दिनुभयो ।

यस्तै उप-मेयर चक्र अर्यालले यस प्रकारका प्रतियोगिताले ब्यक्तित्व विकास हुने भन्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत चुरामणी पन्थी, नगरपालिका शिक्षा शाखा प्रमुख बाबुराम भट्टराई लगाएत विभिन्न शाखा प्रमुखको सहभागिता रहेको थियो ।

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्तव्ना हुनेलाई क्रमस ४, ३, २ र १ हजारसहित प्रमाण पत्र वितरण गरिएको थियो । प्रतियोगितामा निणर्यक मण्डल तर्फ स्रोत ब्यक्ती कविराज भण्डारी, सिद्धार्य क्याम्पसका शिक्षक ज्ञानराज अर्याल र नगरपालिका रोजगार संयोजक कृष्णकुमार पोख्रेल रहनुभएको थियो ।

कार्यक्रम बाल संजालका अध्यक्ष सम्राट घिमिरेको अध्क्षता र सचिव स्मृती सापकोटाको संचालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस