८ फाल्गुन २०८२, शुक्रबार | Fri Feb 20 2026

एउटाले दुईभन्दा बढी सिमकार्ड लिन नपाइने



काठमाडौं ।
एउटै सेवाप्रदायकबाट एउटा व्यक्तिले दुईभन्दा बढी सिमकार्ड राख्न नपाइने भएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सेवाग्राहीको सुरक्षाका लागि भन्दै नयाँ निर्णय गरेको हो।
प्राधिकरणको नयाँ नियमअनुसार अबदेखि कुनै पनि व्यक्तिले एउटै टेलिकमको २ भन्दा बढी सिमकार्ड लिन पाइने छैन। यदि लिएको भए पनि अर्काको नाममा नामसारी गरेर सेवा बन्द गर्नुपर्ने छ। प्राधिकरणले निर्णय गरी सेवाप्रदायकलाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको छ।
नयाँ व्यवस्थाअनुसार यदि कुनै पनि ग्राहकले नेपाल टेलिकमका ३ सिमकार्ड लिएको भए अबदेखि एउटा सिम फिर्ता गर्नुपर्छ। यसरी फिर्ता गर्दा त्यो सिम अर्कैका नाममा दर्ता हुन्छ।

प्रकाशित मिति : २२ असार २०७७ सोमबार ००:००  २ : ४७ बजे