१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

बुद्धभूमि क्याम्पसको क्वारेन्टाइनमा मर्यादा किट वितरण



मायादेवी अनलाइन, चार नम्बर ।
सिद्धार्थ सामाजिक विकास केन्द्रको समन्वयमा बुद्धभूमि क्याम्पस बरकलपुर क्वारेन्टाइनमा बसेका महिला तथा किशोरीका लागि मर्यादा किट वितरण गरीएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण क्वारेन्टाइनमा बसेका महिला तथा किशोरीका लागि मर्यादा किट वितरण गरिएको हो । बुद्धभूमि नगरपालिका ९ स्थित बुद्धभूमि क्याम्पसको क्वारेनटाइनमा रहेका ७ जना महिला तथा किशोरीका लागि बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ मार्फत संस्थाले हस्तान्तरण गरेको सचिव रोमकान्त घिमिरेले जानकारी दिनुभयो ।

सोही अवसरमा नगर प्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकाले व्यवस्थित रुपमा क्वारेन्टाइन संचालन गरिरहेको जानकारी गराउदै विदेशबाट आएका नेपालीलाई १४ दिन क्वारेन्टाइनमा राख्ने सरकारको निति अनुसार नगरले आवश्यक प्रबन्ध मिलाएको बताउनुभयो ।

उहाँले संस्थाले महिला तथा किशोरीलाई आइपर्ने व्यक्तिगत स्वास्थ्य समस्यालाई मध्यनजर गरी स्वास्थ्य सम्बन्धि जोखिम कम गर्न र व्यक्तिगत सरसफाइमा सहज पु¥याउन मर्यादा किट वितरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको छ । त्यस्तै संस्थाका पूर्व अध्यक्ष पोमनारायण पौडेलले महामारीका बेला पनि मानवीय आवश्यकताहरु परिपूर्ति गर्न सरकार जिम्मेवार हुनुपर्ने र उनीहरु सुरक्षित रुपमा बस्न पाउने अधिकार भएकाले यसतर्फ सवैको ध्यान जानुपर्ने बताउनुभयो ।

संस्थाले युएनएफपिएको साझेदारीमा वितरण गरेको मर्यादा किट भित्र म्याक्सी, चोलो, पछ्यौरा, पेटीकोट, ब्रस, टुटपेष्ट, काइयो, गम्छा, साडी, महिनाबारी स्वच्छताका लागी सेनीटरी प्याड, साबुन, नेलकटर, लाइट लगायतका सामग्री रहेका छन् ।

बुद्धभूमि क्याम्पस बरकलपुरमा बृक्षारोपण कार्यक्रम

सोही अवसरमा संस्थाले बुद्धभूमि क्याम्पस परिसरमा बृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोग र बुद्धभूमि नगरपालिकाको सहकार्यमा २ सय वटा फलफुल तथा अन्य प्रजातिका बिरुवा लगाइएको सिद्धार्थ सामाजिक विकास केन्द्रका कार्यक्रम प्रमुख तिलोचन घिमिरले जानकारी दिनुभयो ।

जुन ५ विश्व वातावरण दिवशको अवसर पारेर शुरुवात गरिएको बृक्षारोपण कार्यक्रम कपिलवस्तुका स्कुलमा रहेका क्वारेन्टाइन स्थलमा बृक्षारोपण गरिएको छ । बुद्धभूमि क्याम्पसमा भएको बृक्षारोपण कार्यक्रमको शुरुवात नगर प्रमुख केशव कुमार श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा वडा अध्यक्ष पवन थारु, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रराज आचार्य, समाजसेवी चुरामणी पोखरेल, सुर्योदय युवा क्लवका अध्यक्ष प्रदिप खनाल लगाएतका युवा समाजसेवीको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २३ असार २०७७ मंगलबार ००:००  १० : २१ बजे