१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

टिकटकमाथि प्रतिबन्ध लगाउने अमेरिकाको तयारी



एजेन्सी ।
अमेरिकी विदेश मन्त्री माइक पोम्पेओले चिनियाँ सामाजिक सञ्जालका एप्लिकेशनहरुमा प्रतिबन्ध लगाउनेबारे विचार गरिरहेको बताएका छन्।
यसरी प्रतिबन्ध लगाउने चिनियाँ एप्लिकेशनको सूचिमा विशेष गरी किशोर–किशोरीमा लोकप्रिय रहेको टिकटक पनि रहेको उनले बताएको समाचार संस्था रोयर्टसले उल्लेख गरेको छ ।
फक्स न्यूजसँगको अन्तर्वार्तामा उनले भनेका छन्, ‘हामीले यसबारे सोचिरहेका छौँ ।’ टिकटकलाई लिएर अमेरिकाका सांसदहरुले लामो समयदेखि चासो देखाँदै आएका छन् । प्रयोगकर्ताको जानकारी दुरुपयोग भएको हुन सक्ने र यसले राष्ट्रिय सुरक्षामा जोखिम आउने उनीहरुको भनाई छ ।
अमेरिका र चीनबिच तनाव बढिरहेका बेला विदेशमन्त्री पोम्पेओको टिप्पणी आएको हो।
हालै भारतले टिकटकसहित ५९ वटा चिनियाँ एप्लिकेशनमा प्रतिबन्ध लगाएको थियो । सीमा विवाद उत्कर्षमा पुगेका बेला भारतले प्रतिबन्ध लगाएको हो ।

प्रकाशित मिति : २३ असार २०७७ मंगलबार ००:००  १ : ४८ बजे