१५ चैत्र २०८०, बिहिबार | Thu Mar 28 2024

औषधोपचारको लागि बाहिर जान देउः राष्ट्रिय हिन्दु परिषद



गुलाम अलि, तौलिहवा ।
काठमाडौं लगाएत भारतमा औषधी गराउन जान सहज वातावरण बनाउन राष्ट्रिय हिन्दु परिषदले माग गरेको छ । परिषदले आज जिल्ला प्रशासन कार्यलय मार्फत सरकारलाई लाई ज्ञापन पत्र बुझाउदै औषधी उपचार गर्न जान पाउने वातावरण मिलाउनुपर्ने माग गरेको हो । राष्ट्रिय हिन्दु परिषदका अध्यक्ष बलराम तिवारीको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी दिर्घ नारायण पौडेललाई ज्ञापन पत्र बुझाएको छ ।
ज्ञापनपत्रमा उपत्यका जादा काठमाडौंको सम्बन्धीत वडाको सिफारिस चाहिने र त्यसले अत्यावश्यक औषधीको लागि काठमाडौं जानेलाई समस्या हुनेगरेको उल्लेख छ । यस्तो अवस्थामा उपत्याका जान चाहनेको लागि सम्बन्धीत जिल्ला तथा पालिकाको सिफारिसको आधारमा आरडिटी परिक्षण गरेर काठमाडौं जान पाउनुपर्ने उल्लेख छ ।
ज्ञापन पत्रमा भारतबाट नेपालमा मालवाहक गाडी संगै भारतीयहरु निर्वाद रुपमा आउने गरेपनि नेपालीहरु उपचारको लागि भारत जान नपाउदा समस्या भएको उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २३ असार २०७७ मंगलबार ००:००  ७ : २६ बजे