१३ बैशाख २०८१, बिहिबार | Fri Apr 26 2024

गिरी पार्टी र सांसदबाट बर्खास्त हुँदा सांसद चिट्ठा लीला सिटौलाको कोटमा



काठमाण्डौँ ।

समाजवादी पार्टीले सांसद सरिता गिरीलाई पार्टी र सांसद पदबाट बर्खास्त गर्ने निर्णय गरेपछि उनको स्थानमा लीला सिटौला सांसद बन्ने भएकी छन् ।

गिरी पार्टीको समानुपातिक सूचीको खस आर्य समूहबाट प्रतिनिधित्व गर्ने सांसद हुन् । उनी बर्खास्तगीमा परेलगत्तै अब सो समूहको दोस्रो नम्बरमा रहेका सिटौलालाई सांसद बन्ने बाटो खुलेको छ ।

समाजवादी पार्टीले खस आर्य समूहको महिलातर्फको एक नम्बरमा सरिता गिरी र दुई नम्बरमा सिटौलाको नाम निर्वाचन आयोगमा बुझाएको छ ।

सो समूहमा तत्कालीन संघीय समाजवादी फोरमले १७ जना महिला उम्मेदवारको नाम बुझाएको छ ।

सरिता गिरीको सट्टा लीला सिटौला !

प्रकाशित मिति : २४ असार २०७७ बुधबार ००:००  ६ : ५५ बजे