१२ बैशाख २०८१, बुधबार | Wed Apr 24 2024

आज नेपाली ल्याउन र लिन जान ११ अन्तर्राष्ट्रिय उडान हुने



काठमाण्डौ ।

बुधबार नेपाली ल्याउन र लिन जानका लागि ११ वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । खाडीका देश र मलेसियाबाट विभिन्न पाँच उडानमार्फत नेपाली फर्कने उडान तालिका रहेका छ ।

यूएई र कतारको दोहाबाट केही समयअघि नेपाली लिएर आएको जहाज काठमाण्डौमा अवतरण गरेको छ ।आज कतारको दोहाबाट मात्रै तीन उडानमार्फत नेपाली फर्कने तालिका रहेको विमानस्थलले उल्लेख गरेको छ ।

बुधबार हिमालय एअरलाइन्स, नेपाल एअरलाइन्स र कतार एअरवेज नेपाली लिएर आउनेछन् । हिमालय एअरलाइन्समार्फत मलेसियाको क्लालाम्पुरबाट नेपाली स्वदेश फर्कंदै छन् । आज साउदी, यूएई, मलेसिया लगायतका देशमा नेपाली लिन जहाज जाँदैछन् ।

प्रकाशित मिति : २४ असार २०७७ बुधबार ००:००  ८ : २६ बजे