६ बैशाख २०८१, बिहिबार | Thu Apr 18 2024

राजेन्द्र कंडेलको तीज कोशेलीः ‘टिकटक’ काण्ड (भिडियो)



विमल गैरे, चार नम्वर ।
तीज हिन्दू नारीहरूले मनाउने एउटा महत्त्वपूर्ण चाड हो । यो चाड भाद्र शुक्ल द्वितीया देखि पञ्चमीसम्म चार दिन मनाईने गरिन्छ । तीजमा बिहे भएका बुहारी चेलीहरुका दुख, पिर, बेदना माइती घरमा गएर साथी संगी भेला भएर गीतको माध्यममा गाएर मन हलुका बनाउने पौराणिक मान्यता रहिआएको छ ।
पछिल्लो समयमा बजारमा आएका तीज गीतहरुले तीजलाई आधुनिकता तर्फ धकेलिदिएको हो कि भन्ने छ भने समय अनुकुलका तीज गीत बजारमा आइरहेका छन् । पछिल्लो समय ‘टिकटक’ नचलाउने मानिस सायदै होलान । पछिल्लो समय निकै लोकप्रिय बनेको टिकटकले मनोरञ्जन प्रदान गरेतापनि केहि समस्या पनि निम्त्याएको छ ।
टिकटकलाई आधारीत बनाउदै चर्चित गायक राजेन्द्र कंडेलले टिकटक काण्ड तीज गीत वजारमा ल्याएका छन् । टिकटकले सम्वन्ध विगार्न सक्छ भन्ने मुख्य भाव रहेको तीज गीत टिकटक काण्डमा बुढाबुढी बिच टिकटकले निम्त्याउन सक्ने झगडालाई प्रस्तुत गरिएको छ ।
राजेन्द्र कंडेल र समिक्षा अधिकारीको स्वरमा रहेको उक्त तीज गीतमा राजेन्द्र कंडेलकै लय शव्द रहेको छ । दुर्गा पौडेलको निर्देशन रहेको भिडियोमा पवन खतिवडा (म्याकरी) र रुपा कंडेलको अभिनय रहेका छ । गीतलाई सुपारी म्युजिकले बजार व्यवस्थापन गरेको छ ।
भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोला ।

प्रकाशित मिति : २५ असार २०७७ बिहिबार ००:००  ८ : ३७ बजे