७ बैशाख २०८१, शुक्रबार | Fri Apr 19 2024

कपिलवस्तु नगरपालिकाको बजेट १ अर्व १० करोड बढी



कपिलवस्तु ।
सडक पुर्वाधार विकास तथा (कोभिड १९) लाई प्राथमिकता दिदै कपिलवस्तु नगरपालिकाको आगामी आर्थिक बर्ष २०७७÷०७८ का लागि १ अर्व १० करोड ३५ लाख ७ हजारको बजेट पेश गरिएको छ ।
कपिलवस्तुको सदरमुकाम तौलिहवामा नगरपालिको सातौ नगर सभाबाट सो बजेट स्विकृत भएको हो । बजेट चालु आर्थिक बर्ष बिनियोजन गरेको भत्दा १० करोडले बढी हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्रसाद ज्ञवालीले पेश गरेको आर्थिक तथा बिनियोजन बिधयक २०७७ सभाबाट पास भएको छ ।
बजेट मध्ये पुर्वाधार विकासमा ४७ दशमलव ५६ प्रतिशत, आर्थिक विकासमा ४ दशमलव ९७ प्रतिशत, सामाजिक विकासमा ३४ दशमलव ६१, संस्थागत तथा सुशासनमा १ दशमलव ३८, वन तथा वातावरणमा एक दशमलव ३७, बित्तीय ब्यवस्थापनमा शुन्य दशमलव शुन्य ५ प्रतिशत, संचालन तथा प्रशासनिक खर्चमा १० दशमलव शुन्य ७ प्रतिशत रहेको छ । मेयर किरण सिंहले बजेट पुर्वाधार, स्वास्थय विकासमा केन्द्रित रहेको बताए ।


उनले नगरपालिकामा जारी रहेको फुसको छानोमुक्त अभियानलाई निरन्तरता दिईएको बताए । सो अभियानका लागि २ करोड बजेट बिनियोजन गरिएको छ । यस्तै कोरोना ब्यवस्थानपमा ६० लाख, नगरपालिकाको आफनै प्राबिधिक प्रयोगशाला संचालनकालागि २९ लाख, एम्बुलेन्सका लागि २४ लाख बजेट बिनियोजन भएको छ ।


कोभिड १९ का कारण जारी लकडाउनले चालु आर्थिक बर्षमा बिनियोजन भएको ९९ करोड बजेट मध्ये ४० प्रतिशत मात्र खर्च भएको नगरपालिकाका लेखा अधिकृत बलराम न्यौपानले बताए । चालु आर्थिक बर्षमा सम्पन्न हुन नसकेको योजनाहरुलाई आगामी आर्थिक बर्षमा गर्ने गरी योजनाहरुलाई निरन्तरता दिईएको छ ।


मेयर सिंहले जारी लकडाउनका कारण रोजागरी गुमाएकाहरुलाई प्रथमिकतामा राखिएको बताए । उनले लगत संकलन गरेर प्रधानमन्त्री रोजगार तथा अन्य कार्यक्रमबाट त्यस्ताहरुलाई रोजगारी दिने बताए । पुरोना र पर्यटकीय नगरीको विकासकालागि समेत नगरपालिकाले लगानी गर्ने तथा बिदेशी नगरपालिकासंग भगेनी सम्बन्ध समेत बढाईने बताए । सभाबाट स्थानीय वातावरण तथा प्राकृतिक श्रोत संरक्षण बिधयेक २०७७ समेत पारित भएको छ ।

प्रकाशित मिति : २६ असार २०७७ शुक्रबार ००:००  ७ : २१ बजे