१२ बैशाख २०८१, बुधबार | Thu Apr 25 2024

सरकारको निर्णयले उपभोक्ताको अधिकार कुण्ठितः अध्यक्ष पाण्डे



मायादेवी अनलाइन चारनम्बर ।
नेपाल सरकाले बनक्षेत्रमा गरेको हस्तक्षेपले जनताको अधिकार कुण्ठित भएको तिलौराकोट साझेदारी बन व्यस्थापन समितका अध्यक्ष जय प्रकाश पाण्डेले बताउनुभएको छ । उहाँले नेपाल सरकारको हालैको निर्णयले वैज्ञानिक बन व्यवस्थापन माथी गम्भिर बाधा पुगेको बताउदै अपरिपक्क निर्णय भएको बताउनुभएको छ ।

तिलौराकोट बन व्यवस्थापन समितिले शुक्रबार चेतरादेइमा गरेको मिडिया अन्तरकृया कार्यक्रममा अध्यक्ष पाण्डेले सरकारको अदुरदर्शी निर्णयको वैज्ञानिक वन व्यवस्थापनमा इतिहासमै ठुलो त्रुटी गरेको आरोप लगाउनुभयो । अध्यक्ष पाण्डेले सरकारको निर्णयले आफुहरुले शत प्रतिशत नतिजा हासिल गर्न नसकेको बताउदै वास्तविक उपभोक्तालाई काठ दाउरा वितरण गरेको समेत जानकारी दिनुभयो । गत जेठमा देशैभर सरकारले सालका काठको कटान, संकलन तथा विक्री वितरणमा रोक लगाएको थियो ।


कार्यक्रममा डिभिजन बन कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी प्रसाद न्यौपानेले कपिलवस्तुमा शुरुवातबाटै बैज्ञानिक बन व्यवस्थापनको कार्यान्वयनमा मिडियाले खेलेको सकारात्मक भूमिका प्रशंसनीय रहेको बताउनुभयो । उहाँले बन व्यवस्थापनका कमजोरीलाई हटाउदै बन, वातावरण र बन्यजन्तु संरक्षणमा सहकार्य हुनुपर्ने बताउनुभयो ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ कपिलवस्तुका डिलाराम भुसाल, समितिका सदस्य बसन्त गिरी, तराई क्षेत्रमा बन वातावरणमा सकृय रबिन्द्रनाथ मिश्रा लगाएतले दिगो विकासका लागि बन संरक्षण र सम्वर्धन पहिलो शर्त भएको बताउनुभयो । कार्यक्रममा बन, वातावरण क्षेत्रमा संचार क्षेत्रमा विशेष योगदान पुर्याएवापत २ जना संचारकर्मीलाई सम्मान गरिएको छ ।

जसमा नेपाल पत्रकार महासंघका कार्यसमिति सदस्य जानु पाण्डे, रेडिया परिवर्तनका दिलिप यादव रहेका छन् भने खाली जग्गामा बृक्षारोपण गरेर हरियाली प्रवर्धनमा योगदान गरेको भन्दै रविन्द्रनाथ मिश्रालाई सम्मान गरिएको छ ।
साझेदारी बनको १० वर्षे कार्ययोजना अनुसार तिलौराकोट बन व्यवस्थापन समितिले बन संरक्षण, सम्वर्धन गर्दै रोजगारी तथा राजश्व संकलनमा महत्वपूर्ण काम गरेकोबारे चर्चा गरिएको थियो ।

प्रकाशित मिति : २७ असार २०७७ शनिबार ००:००  १० : ०७ बजे